अबैध भन्सार छली चोरीका विभिन्न सामग्री प्रहरीले बरामत गरेकोे छ ।

रौतहटको सिमा नाकाहरुबाट अबैध भन्सार छली चोरीका विभिन्न सामग्री प्रहरीले बरामत गरेकोे छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरुबाट विभिन्न समयमा विभिन्न स्थानहरुमा खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छली लुकुछिपि चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याई ल्याएको अन्दाजी मुल्य ६२ हजार चार सय बराबरको चिनी, कपडा लता, सेण्डो गंजी, सर्फ, सर्ट, खैनी, राजनिवास, धुप लगायतका सरसामानहरु ल्याईरहेको र मोटरसाईकल र साईकलहरुमा लोड गरी सौफी रक्सी, पेट्रोल, डिजल, बोकी भारत तर्फ लैजादै गरेको अवस्थामा प्रहरी टोलीलाई देखि वेवारीसे अवस्थामा छाडी भागी फरार भएकोलेथियो

उक्त सौफी रक्सी, पेट्रोल, मोटरसाईकल, साईकल र डिजलको अन्दाजी मुल्य एक लाख एक हजार तिन सय बराबरको समेत गरी जम्मा अन्दाजी मूल्य एक लाख त्रिसठ्ठी हजार सात सय बराबरको मालसामानहरु, २ वटा मोटरसाईकल र एक वटा साईकल पक्राउगरिएको समाजहरु आवश्यक कारवाहीको लागि बुधबार गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

error: Content is protected !!