कथित विकास प्रेमी नेताले भाषण कटहरियामा र विकास मौलापुरमा गरेर जनतालाई ठग्ने काम मात्र गरेको पुर्व सांसद यादवको आरोप ।

नेकपाका कथित विकास प्रेमी नेताले भाषण कटहरियामा र विकास मौलापुरमा गरेर जनतालाई ठग्ने काम मात्र गरेको पुर्व सांसद यादवको आरोप ।

पुर्व सांसद एवं संविधानसभा सदस्य सुनिल कुमार यादव उर्फ जितेन्द्रले कथित विकास प्रेमी नेकपाका एक नेताले कटहरिया क्षेत्रका जनतालाई विकासको नाममा ठग्ने काम मात्र गरेको आरोप लगाएका छन ।
कांग्रेसका युवा नेता एवं रौतहट क्षेत्र नं ५ का पुर्व सांसद यादवले कथित विकासप्रेमी नेताले कटहरियामा भाषण मात्र गर्ने गरेको र विकास चाहि आफनै गाउँ मौलापुरमा गर्ने गरेको बताएका छन ।
रौतहटको कटहरिया नगरपालिका ५ कटहरियामा आज नेपाली कांग्रेसले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम प्रमुख अतिथिको रुपमा बोल्दै कांग्रेसका नेता सुनिल यादवले नेकपा ओली समुहका आफुलाई विकास प्रेमी ठान्ने नेताले कटहरियामा ठुल ठुल्ला भाषण गरी विकासको नारा दिने गरेको र विकास मौलापुरमा गरेर यहाँका जनतालाई मुर्ख बनाउने काम गरेको बताएका छन ।
संविधानसभा सदस्य समेत रहेका पुर्व सांसद सुनिल यादव जितेन्द्रले कटहरियामा ठुल ठुल्ला भाषण दिएर नेकपा नेताले यहाँका जनतालाई मुर्ख बनाउने र ठग्ने काम मात्र गरेको बताएका छन


कटहरिया बजार धेरै पुरोनो र एक एतिहासिक बजार रहेकोले जनतालाई प्रत्यक्ष फाइदा हुने मालपोत लगाएतका सरकारी कार्यालयहरु कटहरियामा स्थापना गराएर यहाँ क्षेत्रका जनतालाई सर्वसुलभ एवं छिटो छरितो सेवा दिनुको सटा नेकपाका कथित विकास पुरुषले कटहरिया बजारलाई बाइपास गरी आफना गाँउ मौलापुरमा मात्र सरकारी कार्यालयहरु स्थापना गराएको उहाँले बताउनुभयो ।

कटहरियामा कुनै ठोस विकास निर्माणका काम नगरी मात्रै मौलापुरमा नै विकास निर्माणको काम गर्नुले कटहरिया बजारको विकासप्रति कुनै चासो नलिनुले कटहरिया क्षेत्रका जनतालाई आँखामा छारो हाल्ने काम मात्र गरेको उनले बताए ।
उनले कटहरियामा सस्तो लोकप्रियता कमाउन एक दुईवटा सा साना काम गर्नुको बाहेक जनतालाई प्रत्यक्ष फाइदा हुने कुनै ठोस काम गर्न नसकेको उनले बताए ।
मात्र मौलापुरमा विकास गर्ने र कटहरिया बजारको विकास एवं विस्तारका लागि कुनै ध्यान नदिने नेकपा नेताको गफ, ठुल ठुला भाषण र झुठा आश्वासनको पछि नलाग्न कांग्रेस नेता सबैलाई आग्रह गरेका हुन ।

टहरिया बजारको विकास एक मात्र पार्टी नेपाली कांग्रेसले मात्र गर्न सक्ने भएकोले कम्युनिष्ट नेताको झुठको खेतीको पछि नलाग्न उनले सबैलाई सुझाव दिएका हुन ।
नेपाली कांग्रेसको कटहरिया नगर कमिटि अध्यक्ष एवं वडा अध्यक्ष सर्फलाल गुप्ताको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा कांग्रेसका रौतहट जिल्ला सदस्य बाल्मिकी यादव, कटहरिया नगरपालिकाका मेयर पदका प्रत्याक्षि अजय प्रकाश जयसवाल, वडा नं ३ का अध्यक्ष उमेश यादव, वडा नं ६ का अध्यक्ष शम्भुकान्त यादव, कांग्रेस नेता भैरोलाल साह, श्रीराम राय यादव, राम विनय साह सोनार, दिनानाथ प्रसाद साह कल्वार, लालु राय यादव, राजा बाबु साह लगाएतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

error: Content is protected !!