रौतहटको फतुवा विजयपुर नगरपालिकामा पनि मनाइयो ७१ औ प्रजातन्त्र दिवस

देश सहित रौतहटको फतुवा विजयपुर नगरपालिकामा पनि मनाइयो ७१ औ प्रजातन्त्र दिवस ।
७१ औ प्रजातन्त्र दिवस आज देश सहित रौतहटको फतुवा विजयपुर नगरपालिकामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
नेपाली कांग्रेसबाट निर्वाचित फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल प्रसाद यादवले आज नगरमा प्रभातफेरी निकालेर प्रजातन्त्र दिवस मनाएका छन ।

प्रत्येक वर्ष फगुण ७ गते नेपालमा प्रजातन्त्र दिनवस मनाउने गरिएको छ । एक सय चार वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन आज फागुन ७ को स्मरणमा आज ७१ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाएको छ ।
नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते आजकै दिन प्रजातन्त्र स्थापना भएको थियो ।

प्रजातन्त्र दिवसको अवसरमा फतुवा विजयपुर नगरपालिकामा आज मेयर गोपाल प्रसाद यादवको नेतृत्वमा निकालिएको प्रभात फेरी कार्यक्रममा फतुवा विजयपुर नगर उपप्रमुख कान्ति देवी महतो, नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत प्रमोद प्रसाद गुप्ता, नगरपालिकाका लेखा शाखा प्रमुख नविण यादव, कांग्रेसका निकै जोसिला युवा नेता पप्पु यादव, दुर्गा आचार्थ, जितेन्द्र कुमार यादव, नरेश कुमार लगाएतका विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको सचिवालय सचिव गणिलाल प्रसाद यादवले जानकारी दिएका छन ।

error: Content is protected !!