देवाही गोनाही नपामा कोरोना विरुद्धको खोपको पहिलो डोज कर्मचारीहरुलाई

रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकामा कोरोना विरुद्धको खोपको पहिलो डोज लगाइएको छ ।

सरकारले कोरोना भाइरस विरुद्ध खोपको पहिलो डोज लगाउने तयारी गरेको थियो ।

सरकारले गत माघ पहिलो साता भारतको सिरम कम्पनीले उत्पादन गरेको कोभिशिल्ड खोप चरणवद्ध रुपमा लगाइरहेको छ । सरकारलाई भारतले अनुदानमा १० लाख डोज खोप उपलब्ध गराएका थियो ।

सरकारले पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र अन्य फ्रन्टलाइनर लाई खोप लगाउने निर्णय गरेको थियो ।

देवाही गोनाही नगरपालिका सबै कर्मचारीहरुलाई सोही अनुसार २२ जनालाइ मात्र लगाईएको लेखापाल प्रदिप यादवले जानकार िदिनु भयो ।

error: Content is protected !!