नेपाल प्रेस यूनियन रौतहट शाखालेगरेको पत्रकार सम्मेलनमा ः उप सभापति विमलेन्द्र

नेपाल प्रेस यूनियन रौतहट शाखाले चन्द्रनिगाहपुरमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँगे्रसका उप सभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असवैधानिक, अलोकतान्त्रिक तथा जनमतको अपमान भएको बताउनुभएको छ । यस कदमको विरुद्धमा काँगे्रसले वडा स्तर देखि केन्द्रसम्म विरोधका कार्यक्रम गर्दै आएको बताउनुभएको छ।

नेपाल प्रेस यूनियन रौतहट शाखाले चन्द्रनिगाहपुरमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रतिनिधि सभा विघटन भएदेखि नै काँग्रेसले विरोध गर्दै आएको र यो क्रम जारी रहेको उल्लेख गर्नुभयो ।

काँग्रेसका नेताहरुको बोल्ने भाषा अलग भएपनि लाईन भने प्रष्ट भएको उहाँले बताउनुभयो ।प्रधानमन्त्रीकै कारण प्रतिनिधि सभा विघटन भएकाले प्राप्तीका लागि अदालतको निर्णय वा निर्वाचन दुवै लोकतान्त्रीक भएकाले दुवै मान्न काँग्रेस तयार रहेको उप सभापति निधिले बताउनुभयो ।

अदालतले प्रतिनिधि सभा पुर्नस्थपाना नगर्ने फैसला गर्यो भने कांग्रेस निर्वाचनमा पनि जान पनि तयार रहेको उहाँले उल्लेख गर्नुभयो ।कांग्रेसको धारणा प्रस्ट भएकाले पार्टीले कुनै प्रकारको दोहोरो भूमिका नदेखाएको पनि उहाँले दाबी गर्नुभयो ।पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका जिल्ला

सभापति कृष्ण यादव ,संविधान सभा सदस्य जितेन्द्र यादव लगायतको उपस्थिती रहेको थियो ।चन्द्रपुर मेयर प्रदेश नं। २ एन्फा लिग फुटवल प्रतियोगिताको समापन सत्रमा सहभागी हुन पुर्व उपप्रधान तथा गृहमन्त्री निधि रौतहट आउनुभएको हो ।

error: Content is protected !!