६ लाख घुससहित नायब सुब्बा अख्तियारको नियन्त्रणमा

बारा जिल्लाको सिमरामा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख मनक कुमार खनाल लाई ६ लाख घुससहित अख्तियारको नियन्त्रणमा परेका छन् । अख्तियार ले ६ लाख घुससहित मालपोतका नायब सुब्बालाइ पक्राउ गरेको छ।

जितपुरमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख मनक कुमार खनाल ६ लाख घुससहित पक्राउ परेका हुन् ।जितपुर सिमरा ४ मा रहेको रहेको जग्गा सर्जमिन गरी पास गराउनका लागि भन्दै सेवाग्राहीसँग घुस मागेपछि नायब सुब्बा खनाललाइ अख्तियारले नियन्त्रणमा लिएको हो ।

जग्गा पास गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौंबाट गएको टोलीले खनालसहित लेखापढी व्यवसायी बद्री बडाललाई पनि पक्राउ गरेको अख्तियारले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई सिमरास्थित एक होटलबाट रङ्गेहात पक्राउ गरिएको हो । घुसवापतको रकम लिइसकेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।

error: Content is protected !!