रौतहटको कटहरिया नगरपालिका ९ डुमरियामा कांग्रेसको अन्तरक्रिया कार्यक्रम आज संम्पन

रौतहटको कटहरिया नगरपालिका ९ डुमरियामा कांग्रेसको अन्तरक्रिया कार्यक्रम आज संम्पन भएको छ ।
नेपाली कांग्रेसको कटहरिया नगर कमिटि अध्यक्ष एवं वडा अध्यक्ष सर्फलाल गुप्ताको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा कांग्रेसका युवा नेता एवम रौतहट क्षेत्र नं ३ का पुर्व सांसद एवम संविधानसभा सदस्य समेत रहेका सुनिल यादव उर्फ जितेन्द्रले देशको पछिला राजजितीक घटनाक्रमलाई लियर आफनो क्षेत्रमा जनता संग दिन्हु राय सल्लाह लिन जनताको घर दैलोमा पुगी परार्मश गरिरहेका छन ।

नेपाली जनताले कम्युनिष्टहरुलाई दिएको दुई तिहाई बाट के कति सेवा सुबिधा पाईरहेको र यिनिहरुबाट देशमा कस्ता कस्ता बिकाश भईरहेको भन्दै यस बिषयमा छलफल गरिरहेका छन ।
अन्तरक्रिया कार्यक्रम प्रमुख अतिथिको रुपमा बोल्दै कांग्रेसका नेता सुनिल यादवले नेकपा ओली समुहका गतिबिधी बारे जनता संग रायलिरहेका छन ।

यो देशमा जहिले पनि शान्ति अमन चयन गर्ने पार्टी कांग्रेस रहेको यादवले बताउका छन ।
छलफलमा स्थानियहरुले संघिय,प्रदेश र स्थानिय तहलगायत तिनतहको सरकार भइपनि ता पनि आफ्रन्नो गाउमा कुनैपनि विकाश नभएको र विकाशको नाममा तिनैतहको सरकार लुटनेकाम मात्र गरिरहेको आरोप लगाएका छन। कटहरिया नगरपालिका ले हालसम्म कुनै ठोस काम नभएको बताए ।

आयोजित अन्तरक्रिया कार्यक्रममा कांग्रेसका रौतहट जिल्ला सदस्य बाल्मिकी यादव, कटहरिया नगरपालिकाका मेयर पदका प्रत्याक्षि अजय प्रकाश जयसवाल, , वडा नं ६ का अध्यक्ष शम्भुकान्त यादव,वडा नं. ४ का वडा प्रत्यासी हरिन्द्र राय यादव, बच्चालाल यादब , लगाएतका स्थानिय नेता कार्यकर्ताहरुको सहभागिता रहेको सचिवलय सचिब गनिलाल यादब ले जानकारि दिएको छ ।

error: Content is protected !!