पर्सामा घरभित्रै पसेर चितुवाले आक्रमण गर्दा एकजना घाइते

पर्सामा चितुवाको आक्रमणमा परी एकजना घाइते भएका छन् । घाइते हुनेमा ६५ वर्षीय कुलबहादुर खत्री रहेका छन् ।पर्सा राष्ट्रिय निकुञ्जबाट गाउँपसेको चितुवाले मंगलबार राति उँहाको घरभित्रै पसेर आक्रमण गर्दा उँहा घाइते भएका हुन् ।

राति करिब ८:३० बजेको समयमा घरभित्रै आगो ताप्दै गाईवस्तुलाई कुँडो पकाएर बसिरहेको अवस्थामा खत्रीलाई चितुवाले आक्रमण गरेको प्रहरी चौकी सुवर्णपुरका असई इन्दिवर चौधरीले जानकारी दिनुभयो।

चितुवाले आक्रमण गरेपछि आत्तिएर उँहाले होहल्ला गरेपछि चितुवा भागेको असई चौधरीले बताउनुभयो। घाइते खत्रीको स्थानीय क्लिनिकमा उपचार भइरहेको उँहाले बताउनुभयो । उँहाको मुख, हात र नाकमा २४ वटा टाँका लगाइएको छ ।

error: Content is protected !!