ट्रकले ठक्करलेरौतहटमा एकको मृत्यु , २ घाइते

रौतहटमा ट्रकको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । रौतहटको वृन्दावन नगरपालिकाको वडा नम्बर ८ आँकड पाथर टोलमा ट्रकले ठक्कर दिंदा साइकल यात्री वृन्दावन नगरपालिका वडा नम्बर ८ निवासी १८ बर्षीय राधेश्याम पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साइकल चलाएर स्थानिय ताँज ईट्टा उधोगमा गइरहेका पासवानलाइ पछाडिबाट तिव्र गतिमा आइरहेको ना ६ ख ७२८२ को ट्रकले ठक्कर दिएको हो । उहाको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक ड्राइभरले मादक पदार्थ सेवन गरि गाडी चलाएकोले अनियन्त्रित भइ सो दुर्घटना भएको स्थानियले बताएका छन् ।

सोहि दुर्घटनामा परि दुई जना घाइते भएका छन् । घाइतेहरुको विरगंज स्थित नर्भिक अस्पतालमा उपचार भइरहेको र घाइतेको अवस्था नाजुक रहेको पारिवारिक स्रोतले जनाएको छ । ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

error: Content is protected !!