कटहरियामा युवा नेता अन्सारीको नेतृत्वमा विजयी जुलुस निकालियो

रौतहट जिल्लाको कटहरिया बजारमा माधव प्रचण्ड समुहले विजयी जुलुस निकालेको छ । सर्वोच्च आदालतले हिजो मात्रै संसद पुर्नस्थापना गर्ने निर्णय गरेको थियो ।
कटहरिया नगरपालिका वडा नम्बर ५ स्थित नगर संघर्ष समितिका संयोजक तथा समाजसेवि युवा नेता नसरुदिन अन्सारीको नेतृत्वमा सो जुलुस निकालिएको थियो ।

सर्वोच्चको फैसला आए सँगै हिजो बेलुकी देखि नै आतिवासी सुरु भएको छ । कतै पटाका पडकाइँदै छ भने कतै दिप प्रज्वलन गरिएको हो । न्यालयको उक्त फैसलालाइ स्वागत गर्दै बुधवार जुलुस निकालिएको हो ।

जुलुसको क्रममा सहभागीहरुले नेकपा जिन्दाबाद,संघिय लोकतान्त्रिक गणतन्त्र जिन्दाबाद,सर्वोच्चको निर्णय सम्मान गरौं,प्रधानमन्त्री राजिनामा गर , विर सहिद अमर रहुन , यो जित कस्को जन्ताको जस्ता नाराहरु लगाएका थिए ।
कटहरियाको विवाह मण्डप बाट गाजा बाजा सहित सुरु भएको विजयी जुलुस नगर परिक्रमा गरि कोण सभामा परिणत भएको थियो ।

कोण सभालाइ सम्बोधन गर्दै उपमेयर नुरजहाँ खातुनले पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको कदम एकदम गलत रहेको भन्दै सर्वोच्च अदालतको निर्णय स्वागत योग्य रहेको बताइन् देशमा बलात्कार र महिला हिंसा बढेको छ ।

जनताको पैसा केही मेयर र नेताहरुले व्यक्तीगत पैसा समझी लुटने काम गरिरहेको आरोप लगाइन् केही महिना देखि आफुले प्राप्त गरेको सुरक्षा स्थानिय प्रशासनले राजनितिक भनसुन र आडमा तानेको छ तर हाम्रो पार्टीले मेरो सुरक्षा आवश्यक रहेको महसुस गरेको उनले बताइन् ।
यसैगरि नेता नसरुदिन अन्सारीले,जिल्ला कमिटी सदस्य राधामोहन यादव , विरेन्द्र यादव,राजदेव सहनी , सुरेन्द्र साहले आदालतको निर्णयलाइ स्वागत गरेको छ ।

कोण सभा कटहरिया बजार स्थित रहेको हरदयाल महतो स्मारकमा कोण सभा गरिएको थियो ।
सो अवसरमा कटहरिया नपा कि उपमेयर नुरजहाँ खातुन , समाजसेवी नसरुदिन अन्सारी, भुनेश्वर यादव,नेकपा नेता समसुदिन आलम , राधामोहन यादव , सुधन मियाँ , सहित सयौं नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

error: Content is protected !!