गुजराका सबै वडा अध्यक्षले मोेटरसाइकल गरे फिर्ता

रौतहटका जनप्रतिनिधिहरुले आफ्नो सेवा सुविधा कटौती गरेको भन्दै गुजारा नगरपािलकाका सबै वडा अध्यक्षहरुले आफ्नोे सेवा सुविधा कटौती गरेको भन्दै सोे नगरपालिकाका सबै वडा अध्यक्षहरुले मोटरसाइकल फिर्ता गरेका छन । नगरपालिकाले सेवा सुबिधामा कटौती गरेको भन्दै वडा १ देखि ९ सम्मका वडा अध्यक्षहरुले सामुहिक रुपमै सरकारी नम्बरको मोटरसाइकल फिर्ता गरेका हुन ।

नगरपालिकाले वडा अध्यक्षहरुलाई सेवा सुबिधा बापत मासिक झन्डै २४ हजार भुक्तानी गर्नु पर्ने भएको तर मोटरसाइकलकोे सुविधा लिइएकाले सो रकम वडा अध्यक्षहरुकोे कटौती गरेको थियो । गुजरा नगरपालिकाले स्थानीय सरकार सञ्चालनको एक महिना पछि नै सबै वडा अध्यक्षलाई मोटरसाईकल दिएको थियोे ।

मोटरसाइकल सेवा सुबिधा लिएकाले २४ हजारको सट्टामा १३ हजार ८०० मात्र वडा अध्यक्षहरुलाई दिदै आएको गुजरा—३ का वडा अध्यक्ष गजेन्द्र चौधरीले बताउनु भयो । वडा अध्यक्ष भएपछि हरेक दिन कोहि न कोहि सहयोगको लागि आउंने गरेकोे र सहयोग दिंदैमा आफुले पाउने भत्ता सकिने गरेको वडा नम्बर ९ का वडा अध्यक्ष दिपेन्द्र पनुहरको भनाइ रहेको छ ।

आफुले नगरपालिकालाई पटक÷पटक भन्दा पनि वास्ता नगरे कै कारण बाध्य भएर मोटरसाइकल फिर्ता गरेको गुजरा नगरपालिकाका वडा ५ का अध्यक्ष आरिफ मियां दर्जिले बताउनु भयो । चुनावमा आम नागरिककोे सेवामा लाग्ने प्रतिवद्धतासहित मैदानमा उत्रेका वडा अध्यक्षहरुले भक्ताका लागी नै मोेटरसाइकल फिर्ता गर्नु नहुने स्थानियको भनाइ रहेको छ । राज्यको रकममा मनलाग्दी गर्न जनताले जनप्रतिनिधिहरुलाई नपठाएकोे गुजरा—२ का स्थानिय सुरेन्द्र तिमल्सिनाकोे भनाइ रहेको छ

error: Content is protected !!