रौतहटमा अबैध काठसहित २ तस्कर पक्राउ

करण कुमार मिश्रा
रौतहट २०७७ फाल्गुन २७ गते

रौतहटको चन्द्रनिगाहपुरबाट गए राती अबैध चिरानी काठसहित २ जना तस्कर पक्राउ परेको छ । गएराती बेलुकी अन्दाजी ८ बजे रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारबाट अबैध रुपमा लुकाइ छिपाइ साल जातको चिरान काठ ८८ थानसहित उनीहरु पक्राउ परेको जिल्ला वन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

पक्राउ पर्नेमा चन्द्रपुर—३ गैडाडारका चन्द्र बहादुर थिङ र दुध बहादुर थिङले चन्द्रपुर—४ काच सहदेव हुमगाइको घरमा झादै गर्दा वन गस्ति टोलीले तस्करसहित पक्राउ गरेको हो । सो साल जातको चिरान थान ८८ को अन्दाजी १०५ क्यु।फिट काठसहित डिभिजन बन कार्यालय रौतहटबाट खटिगएका सव बन अधिकृत अमरदेब प्रसाद यादबको कमाण्डमा गएको गस्ती टोलिले बरामद गरेको हो ।

उक्त घटनास्थलबाट पक्राउ परेका २ तस्कर आवश्यक कारबाहीको लागि डिभिजन बन कार्यालय रौतहटमा राखिएको प्रमुख वन अधिकृत विनोद सिंहले बताउनु भयो ।

error: Content is protected !!