रौतहटमा ५ दिने पत्रकारिता तालिम सञ्चालन
रौतहटको गुजरा नगरपालिकाको सहयोगमा नगर भरीका पत्रकारिता सम्बन्धि ५ दिने तालिम बुधबारबाट शुरु भएको छ । गुजरा नगरपालिकाको सहयोग तथा पोष्टम्यान माल्टिप्रपोज कम्पनि लिमिटेडको आयोजनामा सो नगरका ४० जना तालिममा सहभागीता जनाएका छन ।
बुधबार भएको उद्घाटन समारोहमा प्रमुख अतिथि नगर प्रमुख सन्तलाल प्रसाद चौधरीले आफ्नो नगर क्षेत्रमा पत्रकार नरहेकाले नगरपािलका क्षेत्रमा पनि पत्रकारहरुको उत्पादन गर्नु पर्ने आवश्यकता भएको बताउनु हुदै ५ दिने पत्रकार तालिमको आयोजना गर्न आफुले बजेट विनियोजीत गरेको बताउनु भयो ।
५ दिनसम्म लिइएको तालिमले गुजरा नगरपालिकाका विभिन्न क्षेत्रमा भएका सकारात्मक तथा नकारात्मक सत्यतथ्य सामाचारहरु आम नागरिकहरुमा सम्प्रेषण गर्नेमा आफु विश्वस्थ रहेको समेत उहाले बताउनु भयो । गुजरा नगरपालिकामा भएका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दा समेत पत्रकार खोज्दै हिड्नु पर्ने भएकाले दक्ष पत्रकार बन्नेमा विश्वास लिएको यहाको भनाइ रहेको छ ।
सत्यतथ्य समाचार नागरिक सामु सम्प्रेषण गर्दा धम्कि आउन सक्ने त्यस्तो परिस्थितीदेखि नडराउन चौधरीले आग्रह गर्नु भयो । नगर उपप्रमुख रौशन खातुन शेखले ५ दिनको पत्रकारिता तालिमले गुजरा नगरपालिकामा भएका सबै किसिमका घटना तथा कार्यक्रमहरुको सुचना आम नागरिकहरुले समयमा नै प्राप्त गर्ने आशा रहेको जिकिर गर्नु भयो ।
कार्यक्रममा नगर प्रमुख सन्तलाल चौधरी , उपप्रमुख रौशन खातुन शेख , प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार जयसवाल , जनता समाजवादीस् पार्टीका सघिय परिषद सदस्य शेष बद्रुदिन , नेपाल पत्रकार महासंघ रौतहटका कोषाध्यक्ष रमेश तिमल्सिना , पत्रकारहरु अशोक पहाडी , प्रिमेश शिवाकोटी , राकेश यादव , रुपेन्दज्र पटेल,बसन्त लामा , प्रशिक्षक राम कुमार एलन लगायत प्रशिक्षर्थीहरुको सहभागीता रहेको थियो ।