मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्को एक जना भने गम्भीर घाइते भएका छन् ।माधव नारायण नगरपालिका–६ माधोपुरमा पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदाँ एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पैदलयात्री स्थानीय ४५ वर्षीय छोटेलाल पण्डित रहेका छन् । प्रहरीका अनुसार गम्भीर घाइते भएका उनको उपचारको क्रममा हेल्थ ल्याण्ड अस्पतालमा गरुडामा मृत्यु भएको हो ।

16 Push 077 final

घाइते भएका मोटरसाइकल चालकको माधव नारायण नगरपालिका ९ का २६ वर्षीय विसाल सहनीको सोही अस्पतालमा उपचार भइरहेको छ ।गएराती पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।