रौतहटको कटहरिया ४ टोलापुर प्राबिमा बिधार्थीहरुलाई दिवा खाजा बापतको रकम बितरण

16 Push 077 final

रौतहटको कटहरिया नगरपालिका वडा नं. ४ टोलापुरमा रहेको श्री ज्ञान मन्दिर प्राथमिक बिधालयका बिधार्थीहरुलाई दिवा खाजा बापतको रकम बितरण गरिएको छ ।
कटहरिया नगरपालिकाले आर्थिक बर्ष २०७६÷७७ को लागि उपलब्ध गराएको तिन लाख ९० हजार रुपैया बाट २२५ जना बालबालिकाहरुलाई बितरण कार्यक्रम सम्पन भएकोे प्रअ शंकर साहले बताउनु भयो ।
कटहरिया नगरपालिका वडा ४ का पुर्व अध्यक्ष जादोलाल महतोको अध्यक्षतामा बिधालय ब्यवस्थापन समितीका अध्यक्ष सर्फलाल महतो, सदस्य रामदयाल महतो नगरपालिकाका शिक्षा संयोजक अनिल कुमार निधीको बिषेश उपस्थितीमा बिधालयका प्रधानाअध्यापक शंकर साहले १३६ दिन बापतको उक्त रकम बितरण गरिएको बताएका छन ।
रकम बितरण कार्यक्रममा बिधालयका शिक्षक शुनिल कुमार पटेल ,शिक्षिका रुबी देवी,सिर्जना कुश्वाहा, ईलका प्रहरी कार्यलय कटहरिया सई माहान्न कुर्मी संचारकर्मी पत्रकार लगाएत स्थानियहरुको बिषेश उपस्थिती रहेका प्रध्यानअध्यापक शंकर साहले जानकारि गराइएको छ ।