कटहरिया ८ पिप्रा पोखरियामा बालपोषण भता वितरण संम्पन

16 Push 077 final

रौतहट जिल्लाको कटहरिया नगरपालिकाको एक वार्डमा बालपोषण भता वितरण गरिएको छ ।
कटहरिया वार्ड नम्बर ८ पिप्रा पोखरियामा वितरण गरिएको हो । सो वडाको आर्थिक वर्ष २०७७ र ०७८ को दोस्रो किस्ताको बाल पोषण रकम वितरण गरिएको छ वडाध्यक्ष नबद यादवले जानकारी गराउनु भएको हो ।
५ सय ३२ बालबालिकाहरुलाइ वितरण गरिएको वडा सचिव जयराम साहले जानकारी गराउनु भयो । प्रति महिना ४ सय का दरले ४ महिना १६ सय रुपैयाँ अभिभावकहरुले बुझेर लगेका छन् ।
सो वार्डको बलुवा टोलमा भोली वितरण गरिने साहले बताए ।
सो अवसरमा वडाध्यक्ष यादव सँगै वडासचिव जयराम साह,धर्मेन्द्र साह , स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको स्थानिय अजय यादवले जानकारी गराउनु भएको हो ।