
रौतहटको ईशनाथ नगरपालिकामा एक विद्यालय भवनको शिलान्यास सम्पन्न

रौतहटको ईशनाथ नगरपालिकामा एक विद्यालय भवनको शिलान्यास सम्पन्न भएको छ ।
शुक्रबार रौतहटको ईशनाथ नगरपालिकाको औरैयामा रहेको जनता माविमा थप भवन निर्माणका लागी एक कार्यक्रमका बिच नगर प्रमुख सन्तोष मेहताले शिलान्यास गर्नु भएको हो ।
ईशनाथ नगरपालिकाले सो भवन निर्माणका लागी १६ लाख रकम विनियोजन भएपछि नगर प्रमुख मेहताले शिलान्यास गर्नु भएको हो ।
शुक्रबार शिलान्यास गरिएको भवन आर्थिक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य रहेको नगर प्रमुख मेहताले बताउनु भयो ।
कार्यक्रममा नगर उप प्रमुख हुस्न आरा खातुन, वडा अध्यक्ष राम कैलाश राउत लगायत स्थानियंको उल्लेखनिय सहभागीता रहेको थियो ।