रौतहटको कटानीमा ४ लाख बराबरको खेलकुद सामग्री वितरण

रौतहटको गुजरा नगरपालिकाको कटानीका एक क्लवलाई विभिन्न खेलकुद सामग्री वितरण गरिएको छ । बुधबार एक समारोहकाबिच रौतहटको गुजरा नगरपालिकाको वडा नम्बर—२ कटानीमा रहेको युनाइटेड युवा क्लवलाई सो सामग्री वितरण गरिएको हो ।

क्लवलाई भलिबल ५ थान , जर्सी ३२ थान , ग्लोप्स ३ थान , ट्रयाक ३६ थान , बुट ३० थान , सक्स ३२ थान , फुटबल नेट २ थान , भलिबल नेट २ थान , कोच भेष्ट थान र प्याड ३२ थान गरि ४ लाख बराबरको खेलकुद सामग्री वितरण गरिएको क्लवका अध्यक्ष दिल बहादुर पुलामीले बताउनु भयो ।

प्रदेश–२, रौतहट क्षेत्र न।३ ’क’ का माननिय सभासद नागेन्द्र राय यादवले क्लवको प्रगतिको कामनासहित सो सामग्री वितरण गरिएको जनाउनु भयो । स्थानिय समाजसेवी तथा भुत–पुर्व गा। वि। स। उपाध्यक्ष पदम कुमार श्रेष्ठको विशेष पहल मा क्लवलाई खेलकुद सामग्री वितरण गरिएको अध्यक्ष पुलामीले बताउनु भयो ।