हिमालीवासबाट एक पुरुष बेपत्ता

रौतहटमा एक अधबैसे पुरुष चैत्र १७ गतेबाट सम्पर्क विहिन भएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर ११ हिमालीवासका ४३ बर्षिय रमेश कोइराला  भनिने होम प्रसाद कोइराला चैत्र १७ गतेबाट सम्पर्क विहिन भएका दाजु रामेश्वर कोइरालाले बताउनु भयो ।

बजार जान्छु भनेर हिडेका कोइराला अहिलेसम्म कहा कुन अबस्थामा छ भन्ने कुनै अत्तोपत्तो नभएको बताउनु भएको छ ।  अन्दाजी ५ फिट ६ इन्च अग्लो रहेको कोइरालाले कालो गन्जी र हाल्पÞm प्यान्ट लगाएको पारिवारिक स्रोतले जनाएको छ । परिवारले विभिन्न स्थानमा तिब्र रुपमा खोजतलास गर्दा समेत कतै पत्ता लगाउन नसकेपछि प्रशासनलाई गुहारेका छन ।

गहुगोरो बर्णको उहालाई देख्नु भएमा नजिकको प्रहरीमा बुझाइदिनु हुन अथवा ९८४५१६६७५४ वा ९८५११९६६४५ मा सम्पर्क गरि दिनु हुन परिवारले अपिल गर्नु भएको छ ।