
प्रहरीद्धारा अबैध भन्सार छलिका सामग्री बरामत

रौतहटको सिमा नाकाहरुबाट भन्सार छली विभिन्न सामग्रीहरु प्रहरीले नियन्त्रणमा लिइएको छ ।
अबैध चोरी निकासी तथा पैठारी कार्यलाई नियन्त्रण गर्ने बुधबार जिल्ला प्रहरी कार्यालय रौतहट र मातहत प्रहरी इकाईहरुबाट विभिन्न स्थानहरुमा खटिएको प्रहरी गस्ती टोलीले अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याइ ल्याएको अबस्थामा अन्दाजी मुल्य एक लाख छतीस हजार नौ सय सत्तरी रुपिया बराबरको जेन्स कुर्ता, विवाह कार्ड, ई.एम.बी. साडी, अनरेसा साडी, लेडिज फ्रक, सल, कुर्ता सुरुवाल लगायतका अन्य सर–सामानहरु वेवारीसे अवस्थामा फेला पारेका थिए ।
सो बेवारिसे सामग्रीहरुलाई थप आवश्यक कारवाहीको लागि विहिबार गौर भन्सार कार्यालयमा रौतहटमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ