कटहरिया नपाका मेयर कुश्वाहा र कार्यलय प्रमुख साहले नगरबासीहरु संग गरेको बाच्चा कागजमै सिमित
सागर संगम ठाकुर । रौतहट । चैत । २३ गते
रौतहटको कटहरिया नगरपालिकाका मेयर शियाराम कुश्वाहा र कार्यलय प्रमुख राम प्रकाश साहले नगरबासीहरु संग गरेको बाच्चा कागजमै सिमीत राखेको भन्दै नगरबासीहरुले आरोप लगाएका छन ।
नगर सभा भएको करिब पांच महिना बितिसक्दा पनि मेयर कुश्वाहा र कार्यलय प्रमुख साहले गरेको घोषनामा कुनै चासो नलिएको भन्दै कार्यान्ब्यन हुन नसकेको स्थानियहरुको बुझाई छ । गएको कात्र्तिक महिनाको २८ गते नगर सभाबाट गरिएको निणर्य अहिले सम्म कार्यान्ब्यन हुन नसकदा नगरबासी चिन्तीत भएका छन ।
नगर परिषदको खुल्ला सत्रमा मेयर शियाराम कुश्वाहा र कार्यलय प्रमुख साहले स्थानिय बिधालयमा कार्यरत बाल बिकाश शिक्षक र बिधालयका कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप प्रति महिना २ हजारको दरले र किसानहरुको लागि कृषी मिटरमा खप्त हुने बिधुत्तको महसुल निःशुल्क गर्ने घोषण गरेको थियो ।
तर घोषणा गरेको लामो समय भए पनि हाल सम्म कार्यान्ब्यन हुन नसकनु दुःखद कुरो भएको स्थानियहरुको भनाई छ ।
स्थानिय सरकार आए पछि शिक्षा स्वास्थ्य र कृषी क्षेत्रमा जनताको पहुच हुने र सेवा सुविधा बढी प्राप्तहुने बिश्वास लिएका जनताहरुले सेवा सुबिधा नपाउदा चिन्तीत भएका छन ।
मेयर कुश्वाहा र हाकिम साहले आफनो मन मौजी कार्य गर्न थालेपछि जनताहरु निरास भएका छन ।
मेयर कुश्वाहाले नगरवासीको कामलाई छोडी दिन्हु पार्टीको काममा ब्यस्तहुदा सेवाग्राहीहरुले सेवा लिनबाट बन्ंिचत भएको देखिएको छ ।
आर्थिक मसान्तमा हुनुपर्ने बिकाशका काम अहिले सम्म रोकेर राखनु भनेको पैसा हिनामिना गर्ने मन्साय मात्र रहेको बुझिएको छ ।
नगर भित्रका बाटोघाटो जिर्ण हुदापनि मेयर र हाकीमले बजेट नहाल्दा बाटोमा दुर्घटनाको जोखिम बढेको नगरबासीको आरोप रहेको छ ।
त्यस्तै कार्यलय प्रमुख रामप्रकाश साहले नगरपालिकाको काम कम र आफनो काममा बढी ब्यस्त भएको नगरबासीको आरोप रहेको छ ।