कटहरिया पशु सेवा शाखामा पशुहरुको लागि औषधी अभाव सम्बन्धीत निकाय मौन

सागर संगम ठाकुर । रौतहट । चैत । २३ गते

कटहरिया नगरपालिका वडा नमबर ५ मा रहेको पशु सेवा शाखा बाट प्राप्त हुने पशुहरुको औषधी अभाव देखिएको छ । बिगत करिब नौ दश महिना देखि पशुहरुको दवाई पशु सेवा केन्द्रमा नहुदा सेवा लिने सेवाग्राहीहरु मर्कामा परेका छन ।
पशुहरुको लागि चाहिने अति आवशयक औषधी जुका घाउ खटिरा गोबर चेक जाच मेशिन औजाहरु डिस्पोजिङ्ग सिरिन्च लगाएतका समाग्रीहरु उपलब्ध नहुदा सेवाग्राहीहरु सेवा लिनबाट बंचित भएका छन ।
कटहरिया नगरपालिकामा एउटा मात्र पशु स्वास्थ्य सेवा शाखा रहेकाले याहा दैनिक रुपमा पशु स्वास्थ्य सेवा पाउन स्थानिय किसानहरुको घुईचो लागने गरेको तर औषधी र समाग्रीको अभावमा सेवाग्राहीहरुलाई समझाई बुझाई र्फकाउनु पर्ने बाध्यता रहेको कार्यलयका एक जना कर्मचारीले बताएका छन ।
यस बिषयमा पटक पटक हो हल्ला र बाद बिवाद भए पनि नगरपालिकाले कुनै वास्ता नगरेको वडा नं. २ स्थानिय जसिन्द्र यादवले गुनासो गरेका छन ।
शाखामा आज र भोली भन्दा भन्दै अहिले सम्म औषधी उपलबध नहुदा सेवा पुनः रुपमा प्रभावित भएको स्थानियहरुले आरोप लगाएका छन ।
कटहरिया नगरपालिका मेयर शियाराम कुश्वाहा र कार्यलय प्रमुख राम प्रकाश साहको गैर जिमेबारीको कारणले गर्दा यस्तो सम्सया आएका नगरबासीहरुको आरोप रहेको छ ।
यो एयटा उदहारण मात्र रहेको छ ।
मेयर कुश्वाहाले नगरवासीको कामलाई छोडी दिन्हु पार्टीको काममा ब्यस्तहुदा सेवाग्राहीहरुले सेवा लिनबाट बन्ंिचत भएको देखिएको छ ।
त्यस्तै कार्यलय प्रमुख रामप्रकाश साहले नगरपालिकाको काम कम र आफनो काममा बढी ब्यस्त भएको नगरबासीको आरोप रहेको छ ।
नगर सभा भएको करिब तिन चार महिना बितिसक्दा पनि कुनै कार्य गर्न नसेको र जनताको पैसा लुटनेकाममा मात्र गरिरहेको नगरबासीको भनाई छ ।
आर्थिक मसान्तमा हुनुपर्ने बिकाशका काम अहिले सम्म रोकेर राखनु भनेको पैसा हिलामिना गर्ने मन्साय मात्र रहेको बुझिएको छ ।
नगर भित्रका बाटोघाटो जिर्ण हुदापनि मेयर र हाकीमले बजेट नहाल्दा बाटोमा दुर्घटनाको जोखिम बढेको नगरबासीको आरोप रहेको छ ।