कटहरिया पुल देखि पश्चिम संन्तपुर दोस्तीया जाने बाटो जिर्ण, दुर्घटनाको जोखिम बढयो
सागर संगम ठाकुर । रौतहट । चैत । २३ गते
रौतहटको कटहरिया देखि पश्चिम संन्तपुर दोस्तीया जाने लाल बकैया पुल देखि पश्चिम बाटो जिर्ण हुदा दुर्घटनाको जोखिम बढको छ ।
कटहरिया पुल देखि पश्चिम लाल बकैयाको बान्ध सम्म ठाउ ठाउमा खाल्डो खुल्डी हुदा सवारी साधन चलाउन यात्रुहरुलाई निकै सास्ती खेपिनु परेको सवारी चालकहरुले गुनासो गरेका छन ।
जिल्लकै चर्चित बजारको रुपमा रहेको कटहरिया बजारमा खरिदारी गर्न आउने मुख्य बाटोको रुपमा रहेको यो सडक जिर्ण हुदा सो तर्फ सम्बन्धीत निकायले वा ठेकेदारले कुनै वास्ता नगर्दा बाटोको अवस्था यस्तो आएको यात्रीहरुको भनाईरहेको छ ।
बाटोमा ग्रिबेल नहुदा धुलो नै धुलो भएको र खाल्डा खुल्डीनै भएको हुदा पैदल यात्रीहरुलाई बाटो हिडनै न सकने अवस्था आएको सन्तपुर निवासी शेख असलमले गुनासो गरेका छन ।
बाटोमा ग्रिबेल नहुदा सानो सवारी साधन मोटरसाईकल जादा बाटोनै धुलो धुलो हुदा मान्छे हेर्न गाहरो भईरहेको शेखले बताए ।
सवारी साधन आवत जावत गर्दा बाटो धुलोनै धुलो भएछि सवारी आएको थाहानै नभईरहेको आमल को भनाई छ । प्रत्यक बर्ष सरकारले अर्बो रुपैया खर्च गरेर यो बाटो मर्मत गर्दा पनि अवस्था जस्ताको त्यस्तै रहेको भन्दै यस भेगका जनताहरुले दुःख पोखेका छन ।
कटहरिया पुल देखि बान्ध सम्मको बाटोमा ठोस काम नहुदा प्रत्येक बर्ष बर्षाको समयमा बाटो नै गायब हुदै आएको र समस्या भोगिनु पर्ने अवस्था अएको ब्यपारीहरुको भनाई छन ।
घर खर्च बिहे भोज भत्तेरका समाग्रीहरु खरिद गर्न पहिलो रोजाईको रुपमा रहेको कटहरिया बजारमा आउन ज्यानै जोखिम मौलाएर आउनु पर्ने बाध्यता भएको पेटभर्वाका एक जना स्थानियले बताएका छन ।
बाटोको अवस्था यस्तो आउदा पनि यस क्षेत्रका सांसद बिधायक मेयर उपमेयर निर्वाचित जनप्रतिनिधीहरुले कुनै पहल गर्न नसकेको स्थानियहरुले आरोप लगाएका छन ।