रौतहट प्रहरीले भन्सार छलिका सामग्री र मोटरसाइकल भन्सारकार्यलय मा बुमmायो
सरिता कुमारी कुशवाहा
रौतहट बैशाख ७
रौतहटको सिमा नाकाहरुबाट हुने भन्सार छलीका अबैध विभिन्न सामग्रीहरु सोमबार भन्सार कार्यालय गौरमा बुझाइएको छ । बैशाख ४ गतेदेखि ६ गतेसम्म चोरी निकासी कार्यलाई नियन्त्रण गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय रौतहटबाट र मातहत प्रहरी इकाईहरुबाट विभिन्न स्थानहरुमा खटिएको प्रहरी गस्ती टोलीले सो सामग्रीहरु नियन्त्रणमा लिइएको हो ।
भारतबाट नेपाल तर्फ भित्र्याई ल्याउदै गरेको अवस्थामा प्रहरी गस्ती टोलीलाई देख्ना साथ तस्करहरु समान छाडी फरार भएको र बेवारीसे अवस्थामा फेला परेको लेडिज सुरुवाल, थान कपडा, विस्कुट, सर्फ, नेहा तेल, डावर तेल, कस्मेटिक लगायतका सर–सामानहरुको प्रहरीले बरामत गरेको हो ।
अन्दाजी एक लाख सतरी हजार चार सय बिस बराबरको सामानहरु र १ मोटरसाईकलसहित बरामत गरि थप आवश्यक कारवाहीको लागि सोमबार गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।