लालबकैया नदीको बाध जिल्ला प्रमुखद्धारा शनिबार निरिक्षण

सागर ठाकुर
रौतहट बैशाख ५

रौतहटको लालबकैया नदीका बाधहरुको शनिबार निरिक्षण गरिएको छ । बर्षातको समयमा लालबकैया र भकुवा नदीमा आएको बाढीबाट भत्किएका बाधहरुको शनिबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहितको टोलीले स्थलगत निरिक्षण गर्नु भएको हो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ता, इशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहता, सिंचाई विभागको सिडिइ किसुनदेव यादव, वागमती लालबकैया आयोजनाको प्रमुख अलाख सिद्धिकी, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका दुई जना प्राविधिक, सम्बन्धित वडाध्यक्ष विगु व्यास सहित भारतीय एसएसवीको कमाण्डार सम्मिलित संयुक्त टोलीले शनिबार स्थलगत निरीक्षण गर्नु भएको हो ।

निरिक्षण गरिएका बाधहरुमा देखिएका समस्या समाधन गर्न आवश्यक कार्यहरु तदारुक्ताका साथ अघि बढाउन निर्देशन दिइएको बताइएको छ । लाल बकैया नदीको पश्चिमी बाँधमा बनाइएको कल्र्भटबाट पानीको निकास हुन नसक्दा नेपाल भारत सिमा क्षेत्रको बिचमा बक्स आरसिसि कल्र्भट बनाउने सहमती भएको प्रमुख जिल्ला अधिकारी यादवल बताउनु भयोे ।

औरैया , पिपराको भकुवा खोलाको बाँध मर्मत कार्य तत्काल गराउनुको साथै गौर २ टिकुलियाको भत्किएको बाँधलाई मर्मत गर्ने र गौर नगरलाई बाढीको जोखिम कम गरिने उहाले बताउनु भयो ।

error: Content is protected !!