विजुली पोलमा आगलागी हुदा इन्टरनेट , फोन तथा विद्युत सेवा बन्द

रौतहटको चन्द्रनिगाहपुरमा आइतबार विजुलीको पोलमा तार सट भइ आगलागी हुदा चन्द्रनिगाहपुर क्षेत्रमा इन्टरनेट , फोन तथा विद्युत अवरोध भएको छ ।

आइतबार अन्दाजी साढे १२ बजे एक्कासी रौतहटको चन्द्रपुर—४ स्थित मुनलाइट एकेडेमी नजिकै पुरानो ट्राफिक कार्यालय मोडको विजुलीका पोलमा आगलागी हुदा साझ ७ बजे मात्र इन्टरनेट तथा टेलिफोन सञ्चालनमा आएको थियो । एक्कासी आगलागी हुदा चन्द्रनिगाहपुरमा एकै पटक नेट , टेलिफोन तथा विद्युत आपुर्ति बन्द भएको थियो । मर्मत कार्य तिब्र बनाइएकाले धेरै स्थानमा नेट तथा टेलिफोन समेत सञ्चालनमा आइसकेको दुरसञ्चार कार्यलय चन्द्रनिगाहपुरले जनाएको छ ।

16 Push 077 final

सामान्य अबस्थामा सेवा सञ्चालन भने सोमबार मात्र हुने जनाइएको छ । आगलागीबाट लाखौको क्षति भएको जनाइएको छ ।