वैशाख १६ मध्यरातदेखि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लगाउने तयारी

आज सोमवार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले काठमाण्डौ, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लगाउने तयारी गरेको हो । निषेधाज्ञाको औपचारिक निर्णय भने आउन बाँकी रहेको छ ।

निषेधाज्ञा अवधिमा सार्वजनिक र निजी दुवै गाडी चल्न बन्द गरिनेछ । उपत्यकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिनेछ । त्यस्तै शैक्षिक संस्था, होटल, रेस्टुरेन्ट पनि बन्द गरिने तयारी छ ।

16 Push 077 final

यसअघि आइतवार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र अर्थात् सीसीएमसीको बैठकले काठमाण्डौ उपत्यकालगायत सहरी क्षेत्रमा निषेधाज्ञा लगाउन सिफारिस गरेको थियो ।

सीसीएमसी बैठकले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने सुझाएको थियो । यस्तै पहाडी जिल्लामा दुई सय र सहरी क्षेत्रमा पाँच सय सक्रिय सङ्क्रमित भएमा ती क्षेत्रमा निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको छ ।