आइपिएलमा सटेवाजी गर्ने एक जना रौतहट प्रहरीद्धारा पक्राउ

सागर ठाकुर
रौतहट बैशाख १८ गते

रौतहटको गौरमा प्रिमियर लिग (आईपिएल) मा सट्टेवाजी र जुवा खेलाउने मास्टर एजेन्ट पक्राउ परेको छ ।

अनलाईन मार्फत आर्थिक कारोबार गरी सट्टेबाजी र जुवा खेलाउर्ने  युनिभर्सल मोवाइल अक्सोरिज पसलका सञ्चालक २६ बर्षिय सुधिर कुमार जयसवाललाई शुक्रबार पक्राउ गरेको प्रहरी उपरिक्षक सिद्धीविक्रम शाहले बताउनु भयो ।

विशेष सुचनाको आधारमा ग्राहकको रुपमा रौतहटको गौर नगरपालिका वडा नम्वर १ का २६ बर्षिय जयसवाललाई युनिभर्सल मोवाइल अक्सोरिज पसल अनलाईन मार्फत सञ्चालन गरेर आइपिएलको सटेवाजीको आडमा जुवा सञ्चालन गरिरहदा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले इ–सेवा प्रयोग गर्ने ९८४५७१४२३६ नम्वरको मोवाइलबाट स्टेटमेन्ट चेकजाच गर्दा १४,९४,९३७ र सनराइज बैंकको खाताबाट २,४४,७०३ रकम सहित १७ लाख ३९ हजार ६४० रुपैयाको कारोवार गरिएको प्रमाण फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आरोपित जयसवाललाई जिल्ला अदालत गौरबाट जुवा खेल्न वा सटेवाजी गरेवापत ऐन अन्तर्गतको कसुरमा ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडी बढाइएको प्रहरी उपरिक्षक शाहले बताउनु भयो । पक्राउ परेका जयसवालले सटेवाजी  गर्ने गरेको स्वीकारेका छन ।

error: Content is protected !!