मौलापुरमा नाला ढलान तथा कालोपत्रे सड़कको एकैदिन शिलान्यास ।
रौतहट १८ बैशाख । रौतहटको मौलापुरमानाला निर्माण तथा सडक स्तरोन्नतीको शनिबार शिलान्यास गरिएको छ । रौतहटको मौलापुरका नगर प्रमुख रिना कुमारी साहले शनिबार एक कार्यक्रमकाबिच विभिन्न ३ कार्यको शिलान्यास गर्नु भएको हो । मौलापुरको सोनरनिया र मर्यादपुरमा निर्माण हुने नाला निर्माण , सड़क स्तरोन्नती र बौधापतौरा जाने सड़क पिच एवम नाला÷ढलान निर्माण कार्यको एकै दिन शिलान्यास गर्नु भएको हो । आफुले मौलापुरलाई कच्ची सडक मुक्त बनाउने प्रतिबद्धता गरेकाले सोही अनुसार कार्र्य गर्दै आएको नगर प्रमुख रिना कुमारी साहले बताउनु भयो । सघन सहरी तथा भवन निर्माण आयोजना बिरगंजको आयोजनामा झण्ड़ै १०÷१० करोड़ लागतमा निर्माण हुने साहले बताउनु भयो । त्यसै गरि शनिबार शिलान्यास गरेका आयोजनाहरु एक वर्ष भित्रमा पूरा हुने समेत उहाले बताउनु भयो । कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ता लगायत जनप्रतिनिधिहरुको विशेष सहभागीता रहेको थियो ।