एमालेले बोलायो आकस्मिक बैठक

नेकपा एमालेले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुन लागेको नेता सत्यनारायण मण्डलले जानकारी दिए । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आजै राजीनामा दिएका थिए । पोखरेलले राजीनामा दिएपछि आफ्नै नेतृत्वमा बहुमतको एकल सरकार गठनका दावी पेश गरेका थिए । सो लगत्तै प्रदेशको विशेष अधिवेशन समेत अन्त्य गरेका पोखरेल अल्पमतमा परेका छन् । नेकपाबाट निर्वाचित प्रदेश सांसद विमला वली माओवादी केन्द्रमा प्रवेश गरेसँगै पोखरेलले बहुमत गुमाएका हुन् । 

error: Content is protected !!