नगरपालिकाले जारी गरेको सुचनाको अबज्ञा गर्दै कटहरियमा हाट बजार
सागर संगम ठाकुर । रौतहट बैशाख १९ गते
रौतहटको कटहरिया नगरपालिकाले जारी गरेको सुचनाको अबज्ञा गर्दै कटहरियमा हाट बजार लागेको छ ।
कटहरिया नगरपालिकाले गएकोे १७ गते जारी गरिएको बिज्ञप्तीमा कटहरिया क्षेत्रमा लाग्दै आएको हाट बजारहरू अर्को सुचना न आउन्जेल सम्म नलगाऊँन सुचना जारि गरेको थियो ।तर त्यो निर्णयलाई उल्टाउर्दै स्थानिय ब्यपारीहरुले बजार लगाएको छ ।
दोसा्रे लहरको कोरोना भाइरसको संक्रमणको दर रौतहट जिल्लामा उच्च भएको र जिल्लामा अन्य पलिकाहरुमा पहिलानै सुरक्षा सर्तकर्ता अपनाउन लागु गरिएको नियम बिपरीत हाट बजार बन्द गर्ने निर्णय गरेको थियो ।
नगरपालिकाका नगर प्रमुख शियाराम कुश्वाहाले जारि गरेको सुचनाकै उल्लंघन हुँदा पनि नगरपालिका र स्थानिय प्रहरी प्रशासन भने मुखदर्शक बनेका छन् ।
हप्ताको दुई दिन आईतबार र बुधबार लागने गरेको बजारमा भारत बिहारका घोडासाहन,चैनपुर कुडवा,नाकाबाट दर्जनौको संख्यामा मोटरसाईकलमा लौका ,काउली ,गोल भेडा ,खुर्सानी ,कटहर,परवल,लगाएतका तरकारीहरु रौतहट जिल्लाका बजारहरु र यस बजारमा ल्याई र्निधक रुपमा बेचबिखन गरिरहेको पाईएको छ ।
तर अत्यावश्यक सामाग्री खरिद बिक्री गर्दा शारीरिक दूरी कायम गर्नुपर्ने हुन्छ । तर बजार पुगेकाहरु कुनै सावधानी बिना घुमिरहेका स्थानीय गनेश साहले बताएका छन ।
कोरोना संक्रमणको जोखिम नघटेको र यसरी बजार लाग्नु घातक भएको साहले बताएका छन ।
सबैभन्दा बढी भिड हुने बजार कटहरिया हाट बजार रहेको छ वहाले बताए ।
सामाजिक दुरी कायम नगरी मेला जस्तै गरी लगाइएको हाट बजारमा उत्तरी भेगका गुजरा , देवाही गोनाही , फतुआ बिजयपुर नगरपालिका लगाएतका ठाऊबाट ब्यापारी तथा उपभोक्ताहरु आउने गर्दछन