रौतहटमा भारतबाट नागरिक भित्रिने क्रम बढ्यो , होल्ड सेन्टर नहुदा कोरोना जोखिम उच्च

सरिता कुशवाहा
रौतहट बैशाख १९ गते

रौतहटमा भारत र अन्य जिल्लाबाट आएका नागरिकहरुलाई क्वारेन्टिन र आइसोलेशनमा नराखी सीधै घर पठाउँदा कोरोनाको जोखिम बढेको स्थानियले बताएका छन । रौतहटका स्थानीय तहले कोरोनाको जोखिम नियन्त्रणमा चासो नदिँदा समुदायस्तरमा कोरोनाको त्रास फैलिएको छ । रौतहटमा १६ नगरपालिका र २ नगरपालिका गरि १८ स्थानिय तहहरु रहेका छन ।

कोरोनाको पहिलो लहरमा निर्माण गरिएका क्वारेन्टिन तथा आइसोलेसनहरु आर्थिक समस्यका कारण सञ्चालन गर्न नसकेको स्थानिय सरकारले बताउदै आएको छ । रौतहटमा १५८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने १ जनाको ज्यान समेत गएको छ । कोरोना संक्रमितको संख्या पनि दिनदिनै बढ्दै जान थालेको छ ।

भारतबाट रौतहट सिमा नाकाहरु हुदै नेपाल घर फर्कनेको लर्को नै लाग्ने गरेको छ । यसरी भारतबाट आएका नागरिकहरुलाई क्वारेन्टिनमा नराखी सीधै घर पठाउँदा संक्रमण फैलिने त्रास भएको बृन्दावन—८ का बैजु साहले बताउनु भयो । सरकारले देशका विभिन्न शहरमा निषेधाज्ञा जारी गरेसंँगै रोजगारी र अध्ययनका लागि जिल्ला बाहिर गएकाहरु समेत घर फर्कन थालेका छन ।

बाहिरबाट घर फर्किएकाहरुलाई केही दिन राख्नका लागी होल्ड सेन्टर वा क्वारेन्टिाको ब्यबस्थापन स्थानिय सरकारले गर्न नसक्दा रौतहट कोरोना संक्रमणको उच्च विन्दुमा पुग्ने निश्चित भएको छ । स्थानीय तहहरू कोरोनाको संक्रमण नियन्त्रणका लागि संवेदनशील नहुँदा संक्रमण भयावह हुन थालेको चन्द्रपुर—३ का विजय तामाङको आरोप रहेको छ ।

कोरोनाको संक्रमण नियन्त्रणका लागि सक्रिय भूमिका खेल्नुपर्ने स्थानीय तह सक्रिय नहुँदा संक्रमण झन बढ्दै गएको चन्द्रनिगाहपुर अस्पतालका स्वास्थ्यकर्मीको भनाइ रहेको छ । आफ्नो ज्यानको बाजी लगाएर रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको आइसोलेसनमा खटे वापतको पारिश्रामिक हालसम्म पनि नपाएकाले अवका दिनमा स्वास्थ्यकर्मीहरु समेत सेवा गर्न अस्वीकार हुने स्वास्थ्यकर्मीको भनाइ रहेको छ ।

error: Content is protected !!