रौतहटमा शुक्रबार ४१ जनामा कोराना पुष्टि

सरिता कुशवाहा । रौतहट बैशाख २५ गते

रौतहटमा शुक्रबार ४१ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना संक्रमित हुनेको संख्या २९२ पुगेको छ ।
शुक्रबार गौर अस्पतालमा गरिएको पिसिआर परिक्षण गराएकामध्ये ४१ जनामा कोरोना संक्रमित पुष्टि भएको गौर अस्पतालले जनाएको छ ।

वैशाखको १ गते देखि विहिबार २३ गतेसम्म रौतहटमा गरिएको परिक्षणमा कोरोना संक्रमणको संख्या २९२ पुगेको छ भने ९ जनाको मृत्यु भइसकेको छ ।

रौतहटको गौरस्थित अस्पतालमा मात्र पिसिआर परिक्षण गरिएका परिक्षणमा २९२ जनामा कोरोना पुष्टि भएको छ ।
रौतहटका नागरिकहरुको जनकपुर , सर्लाही तथा विरगंजमा समेत परिक्षण गराइएको छ । अन्य जिल्लामा परिक्षण गरिएका रौतहटका नागरिक संक्रमित भएको पाइएको छ ।

शुक्रबार गौरमा १०१ जनाको गरिएको परिक्षणको रिपोर्ट अनुसार गौरमा १९, गरुडा ३, राजदेवी १ , गढीमाइ २ , यमुनामाई २ , दुर्गा भगवती २ , परोह १० जनकपुर धनुषा १ र कालीकोट १ जना गरी आज ४१ जना संक्रमित भएको प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले बताउनु भयो ।

error: Content is protected !!