वडाध्यक्ष ले आफै बिरामि ओसार्दै

सरिता कुशवाहा । रौतहट बैशाख २६ गते ।

रौतहटका एक वडा अध्यक्ष भने आफैँ गाडी चलाएर धमाधम बिरामी ओसार्न लागेका छन । चन्द्रपुर नगरपालिका–२ का वडा अध्यक्ष दुत्तबहादुर थिंग आफैँले एम्बुलेन्स चलाएर बिरामी ओसार्न थालेका छन ।

कोभिडको आशंका र ज्वरो आएका बिरामीहरूलाई थिङ आफैँले एम्बुलेन्स चलाएर स्वाब परीक्षणको लागि लाने गर्नु भएको छ । शनिबार उहाले आफ्नो वडाका करिब २० जनालाई स्वाब परीक्षणका लागि ओसार्नु भएको छ । एम्बुलेन्सका चालकसमेत बिरामी भएपछि आफैँले बिरामी ओसारेको वडा अध्यक्ष थिङले बताउनु भयो ।

कोरोनाको महामारीमा अन्य जनप्रतिनिधिहरू आफैँ भागाभाग गरिरहेका बेला वाडा अध्यक्ष २ का चाहि आफना जन्ताकामा लागीएको छ । सेवा कै लागि जनताले जिताएको हुँदा जनताको सेवा गर्न कुनै डर नभएको वडा अध्यक्ष थिङको भनाइ रहेको छ । शनिबार मात्रै असनवा, नयाँबस्ती तथा फूलबारीका बिरामीहरूलाई स्वाब परीक्षणको लागि उहाले लानु भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले आज शनिबारदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञाको कारण रौतहट जिल्ला सुनसान छ । हालसम्म रौतहटमा पछिल्लो समय मात्रै १४ जनाले कोभिडको कारण ज्यान गुमाइसकेका छन भने २ सय २० जनाभन्दा बढी सक्रिय संक्रमित छन । अत्यावश्यकका सवारी साधन बाहेक सबै बन्द गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भएको छ ।

error: Content is protected !!