रौतहटमा ज्वरोका बिरामी अस्पताल जानुको सट्टा घरमै सिटामोल मगाउदै

मेनुका दास । रौतहट बैशाख २९ गते

रौतहटमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाहरु अस्पतालमा जानै डराउने गरेको पाइएको छ । रौतहटका विभिन्न स्थानमा ज्वरोका बिरामीहरु अस्पताल जानुको सट्टा फार्मेसीबाट सिटामोल मगाएर खाने गरेको पाइएको छ ।

रौतहटको कटहरिया प्रथमिक स्वास्थ्य केन्द्रमा बिमारिहरु ज्वरो आएको केही दिन भइसकेको छ । ज्वरोले अत्याधिक च्यापेपछि डराइडराइ कटहरिया अस्पताल पुग्छन तर कोरोना जाचदेखि डराउछन ।

अस्पतालले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले एन्टिजेन विधिबाट परिक्षण गर्न आग्रह गरे ता पनि कोरोना परिक्षण गर्न अस्वीकार गरेका डाक्टर शन्तोष यादब ले बताउनु भयो ।

कोरोना परिक्षण गर्दा यदि कोरोना लागेको रहेछ भने चिन्ताले ज्यान जान्छ । फेरि यो बेला उपचार पनि हुँदैन । बरु यतिकै औषधि सेवन गरेर बस्छु भन्ने जवाफ दिएकोे बिरामिहरु को भनाई छ ।

रौतहटका अधिकांश ज्वरोका बिरामी अस्पताल जानै नमान्ने चिकित्सकहरुले बताएका छन ।
अहिले रौतहटभरी ज्वरोको प्रकोप बढ्दै गएको छ । घर÷घरमा मानिसहरू बिरामी परेको तर उनीहरू संक्रमणको डरले जचाउनै नजाने गरेको स्थानियले बताएका छन ।

कटहरिया अस्पतालका डा. शन्तोष यादबले ज्वरोका धेरैजसो बिरामी घरमै बसेको उहाले बताउनु भयो । अत्याधिक ज्वरो आएमा मात्र अस्पताल आउने तर कोरोनासँग मिल्दोजुल्दो लक्षण देखा परेको भएतापनि जाँच गराउन डराउने गरेका यादबले बताउनु भयो ।

परिक्षण गराउनुको सट्टा बिमारीहरुले बरु सिटामोटल दिनुस यसैले ठीक हुन्छ भन्ने गरेको बताउनु भयो । अहिले रौतहटको कटहरिया अस्पतालमा दिनहु १५÷२० जनासम्म ज्वरोका बिरामी आउने गरेको डाक्टर शन्तोष यादब ले बताउनु भएको छ ।

error: Content is protected !!