धनलक्षमी प्राविको भवन निर्माणकार्य अभिभावक द्वारा रोक्का

रौतहट संबाददाता
रौतहट १६ असार ।
रौतहट । रौतहटको कटहरिया नगरपालिका ५ स्थित धनलक्षमी प्राथमिक बिधालयको भवन निर्माणकार्य अभिभावकहरुले रोक्का गरेका छन ।
कटहरिया नगरपालिकाको कुल १६ लाखको लगानीमा निर्माण भैरहेको दुईकोठे भवनको निर्माणकार्यमा गुणस्तरहीन सामाग्री प्रयोग भएको देखेर अभिभावकहरुले अवरुद्ध गरेका हुन ।
बिधालय ब्यवस्थापन समिति बिहिन उक्त बिधालयमा भवन निर्माण गर्दा अभिभावक तथा जनप्रतिनिधि सम्मीलित निर्माण समिति गठन गरेर भवन निर्माण गर्नुपर्ने थियो ।
तर प्रधानाध्यापक राकेश साहले एकजना स्थानीयको सल्लाहमा मनपरि गर्नलागेको अभिभावकहरुले बताएका छन ।
भवन निर्माणमा दुई नम्बर ईंटको प्रयोग भएको र योजना बारे कुनै किसिमको बोर्ड सूचना नराखेकाले अनियमितता हुने संकेत देखेर आफुहरुले निर्माणकार्य रोक्का गरेको एकजना अभिभावक दिनानाथ साह कलवारले बताएका छन ।
बिधालय भवन दुईकोठे निर्माण गर्दा बढिमा सातलाख रुपैया लाग्ने स्थानमा कसरी १६ लाखको योजना भयो स्टिमेट समेत बिधालयले सार्वजनिक नगरेको अभिभावक कलवारको आरोप छ ।
त्यसैगरी २०६३ सालदेखि संचालनमा रहेको धनलक्षमी प्राविले हालसम्म कुनै सालको हिसाब सार्वजनिक नगरेको भन्दै अबिलम्ब सार्वजनिक गर्न माग गरेका छन ।
त्यतिमात्र नभै उक्त बिधालय केही मानिसको पाकेटको निजिसरह संस्था भएको र उक्त बिधालयमा कार्यरत शिक्षकहरु प्रायः सबै अदक्ष असक्षम रहेकाले अध्ययनरत बिद्यार्थीको भविस्य अन्यौल बनेको अभिभावकहरुले गुनासो गरेका छन । स्थानीय निर्वाचन पछि शिक्षा स्वास्थ गुणस्तरीय बनाउने जिम्मा जनप्रतिनिधिको भएकाले कटहरियाका पदाधिकारीहरुले उक्त बिधालयका
प्रधानाध्यापक र शिक्षकहरुको समेत परिक्षा लिनुपर्ने ब्यवस्था मिलाउन माग गरेका छन ।

error: Content is protected !!