रौतहटको माधवनारायण नगरपालिकाको सबै सरकारी विद्यालयहरुमा व्यवस्थापन समितिको निर्वाचन हुने ।
ओम प्रकाश यादव । अषाढ १६ गते, रौतहट
रौतहटको माधवनारायण नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको व्यवस्थापन समिति गठन हुने भएको छ ।
माधवनारायण नगरपालिका भित्र ५ वटा माध्यमिक विद्यालय, ३ वटा निम्न माध्यमिक विद्यालय र ११ वटा प्राथमिक विद्यालय गरी कुल सामुदायिक विद्यालयको संख्या १९ रहेको छ ।
यस नगरपालिका भित्र रहेका ५ वटा मावि, ३ वटा निमावि र ११ वटा प्रावि गरी कुल १९ वटै विद्यालयमा एकैसाथ विद्यालय व्यवस्थापन समिति चएन हुने भएको छ ।
नगरपालिकाको कार्यालय माधोपुरको सभाहलमा बसेको कार्यपालिका बैठकले नगर भित्रका सम्पुर्ण सामुदायिक विद्यालयहरुको व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले अहिले निषेधाज्ञा लागु गरेको कारण विद्यालयहरु अहिले बन्द अवस्थामा रहेको छ ।
विद्यालयहरु खुल्ने वित्तिकै समिति गठनको प्रकृया अगाडि बढने माधवनारायण नगरपालिकाका शिक्षा शाखा प्रमुख जगरनाथ यादवले जानकारी दिएका छन ।
व्यवस्थापन समिति गठन गर्नका लागि नगर भित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई परिपत्र गरिसकेको र निषेधाज्ञा खुल्ने वित्तिकै समिति गठन प्रकृया शुरु हुने शिक्षा शाखा प्रमुख यादवले बताए ।
पहिला सर्वसहमतिबाट नै व्यवस्थापन समितिका पदाधिकारीहरु चएन गर्ने प्रयास गर्ने र सर्वसहमतिबाट नभएको अवस्थामा निर्वाचनद्धारा समिति चएन गर्ने उनले बताए ।
सर्वसहमतिबाट व्यवस्थापन समिति चएन हुन नसक्ने विद्यालयमा निर्वाचन हुने भएको छ । तिन तिन वर्षमा व्यवस्थापन समिति गठन गर्नुपर्ने व्यवस्था रहेको छ तर माधवनारायण नगरपालिका ६ माधोपुरका प्राथमिक विद्यालय देखी लिएर अन्य विद्यालयमा दशकौंदेखी व्यवस्थापन समिति गठन हुन सकेको छैन ।
नयाँ व्यवस्थापन समिति चएन हुन नसक्दा पहिलाकै व्यवस्थापन समितिका अध्यक्षले आफना मनोपरी तरिकाले विद्यालय सञ्चालन गर्दै आएका छन ।
प्रावि माधोपुर व्यवस्थापन समितिका अध्यक्ष रामनरेश यादवले विद्यालयलाई निजी सम्पति जस्तो कब्जा गरी एकलौटी रुपमा विद्यालय सञ्चालन गराउँदै आएका थिए ।
अध्यक्ष यादवले विद्यालयलाई कब्जा गरेर आफुखुसी शिक्षक सरुवादेखी लिएर नियुक्ति लगाएत कार्य गर्दै आएको स्थानियहरुले बताएका छन ।
एउटै समिति लामो समयसम्म कायम रहदा विद्यालयको रकम दुरुपयोग हुने क्रम बढेको, शिक्षक नियुक्ति, सरुवा गर्ने लगाएत कार्यमा समितिका अध्यक्षहरुले मनपर्दि गर्न थालेपछि यसलाई रोक्न नगरपालिकाले समिति गठन गर्ने निर्णय गरेको नगर प्रमुख विरेन्द्र यादवले बताएका छन ।
समिति चएन गर्ने नगरपालिकाको निर्णयपछि अब विद्यालयलाई आफना मुठिमा लिएर एकलौटी शासन गर्ने तथा तनाशाह जस्तो बनी तानाशाही प्रवृत्ति देखाउनेहरुको तनाशाह प्रवृत्तिको अन्त्य हुने भएको छ ।