कटहरियामा संयुक्त तिन दलका गठबन्धले दिपप्रज्जलन गरि बिजय सभा संम्पन
सागर संगम ठाकुर । रौतहट अषाढ ३० गते ।
रौतहटको कटहरियामा दिप प्रजजवलन गरि संयुक्त तिन दलका गठबन्धले बिजय सभा संम्पन गरेका छन ।
प्रतिनिधी सभा बिघटनलाई सर्वोच्च अदालतले बदर गरि प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गरिए पछि सोको खुश्यालीमा संयुक्त गठबन्धनले बिजय सभा आयोजना गरेका थिए ।
सर्वोच्च खदालतले गरेको फैसलालाई समान गर्न र नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिनको लागि सो कार्यक्रमको आयोजना गरिएको थियो ।
मंगलबारका दिन प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवा शपथ ग्रहण गरेपछि बुधबारका दिन नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, र जनता समाजबादी पार्टी उपेन्द्र समुहले संयुक्त भेला भई कटहरियाको बिवाह भवन मण्डमा कार्यक्रम संम्पन भएको हो ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापति रामअयोध्या राय यादवको अध्यक्षतामा प्रमुख अथिती नेपाली कांग्रेसका नेता तथा रौतहट क्षेत्र नं ३ का पुर्व सांसद शुनिल यादव उर्फ जितेन्द्र, बिशिष्ट अथिती माओबादी केन्द्रका नेता मेयर प्रत्यासी नसरुदिन अंसारी,
जसपाका मौलापुर संयोजक लखिन्द्र यादव, बिधार्थी नेता पुनप्रताप पटेल, कांग्रेसका जिल्ला सचिव हृदयनरायण राय यादव, बिधायक प्रत्यासी रामनरायण यादव, जिल्ला सदस्य बालमीकी यादव, कटहरिया नगरपालिकाका नगर सभापति एंव वडा नं. ५ का अध्यक्ष सर्फलाल प्रसाद गुप्ता, मेयर प्रत्यासी अजय प्रकाश साह, लगाएत अन्य दलका नेता कार्यकर्ताहरुको बिषेश उपस्थितीमा भब्य कार्यक्रम संम्पन भएको छ ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली दुई पटक संसद बिघटन गरि देश र जनतालाई अन्यौल तर्फ धकेलिएपछि त्यसको बिरुद्धमा ५ राजनितीक दलका नेताहरुले बिरोध प्रद्धर्शन गरिदै आएको थियो ।