रौतहटको देवाही गोनाहीमा महिला बलात्कार

रौतहटको देवाही गोनाही नगरपालिकाको वडा नम्बर १ का ४० बर्षिय राकेश राउत कुर्मीले गएराती सोही वडाका ३० बर्षिय पासवान थरका विवाहित महिलालाई जबरजस्ति करणी गरेको इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी प्रमुख राजन लम्सालले बताउनु भयो ।

राती करिब १२ बजे पिडक कुर्मीले पिडित पासवानको घरभित्र प्रबेश गरि ज्यान मार्ने धम्कि दिएर जबरजस्ति करणी गरेको लम्सालले बताउनु भयो । पिडित महिलाले गुहार मागेपछि राकेश राउत कुर्मी फरार भएको प्रहरीको भनाइ छ ।

पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण भइसकेको प्रहरी जनाएको छ । आरोपित कुर्मीको खोजी कार्य तिब्र रुपमा भइरहेको प्रहरी निरीक्षक लम्सालले जानकारी दिनु भयो ।

रौतहटको देवाही गोनाही नगरपालिकामा हप्ता दिन भित्रमा पुन दोस्रो पटक दलित महिला बलात्कार भएका हुन । केही दिन अघि देवाही गोनाही नगरपालिका–७ उचिडिह टोलका ५० वर्षीय नागेश्वर कुश्वाहा करणी आरोपमा पक्राउ परेका थिए ।

आफ्नै गाउकी एक जना विवाहित दलित महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका उनीमाथि मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाइएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवम प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीले बताउनु भयो ।

error: Content is protected !!