प्रहरीप्रति विश्वासमा आघात पुगेको नेपाल पत्रकार महासंघको ठहर

रौतहटका पत्रकारलाई षडयन्त्र पूर्वक फसाएको भन्दै नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय काठमाडौले सो कार्यको निन्दा गरेको छ ।

नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले आइतबार एक विज्ञप्ती जारी गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटको यस कार्यको घोर विरोध गरेको छ । महासचिव रोशन पुरीद्धारा जारी विज्ञप्तीमा प्रहरीको यस्तो कार्यबाट आम नागरिकमा प्रहरीप्रतिको विश्वासमा आघात पुग्नुका साथै कानुनी राज्यको समेत उपहास भएको ठहर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट परिचालन हुने सादा पोशाकका घुमुवा प्रहरी इन्चार्ज उदय यादव र प्रहरी जवान मनोज साहले योजनाबद्ध रुपमा साउन ३२ गते साँझ होटल अगाडी पार्किङ्ग गरिएको बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा लागुऔषध नाइट्राभेट राखेको भिडियो सार्वजनिक भएको थियो ।

लागुऔषध सहित फेला परेको भन्दै प्रहरीले ईशनाथ नगरपालिका ८ का मो. मोजिबुल्लाह र राजपुर नपा ७ बस्ने शेख गुलाब भन्ने शेख अतिउल्लाहलाई नाटकिय ढंगले पक्राउ गरेको थियो । अनुसन्धान भइरहेकाले निर्दाेष ब्यक्तिलाई छुटकारा पाउने र दोषीमाथी कारवाही गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

error: Content is protected !!