रौतहटको कटहरिया खानेपानी सतही ढल आयोनाको चरम लापरवाहीले गर्दा स्थानियलाई सास्ती
प्रकाश श्रेष्ठ कटहरिया भदौ ६ गते रौतहट
रौतहटको कटहरिया खानेपानी सतही ढल आयोनाको चरम लापरवाहीले गर्दा स्थानियलाई समस्या खेपिनु पर्ने आईरहेको छ ।
कटहरिया नगरपालिका वडा नं.५ स्थित बलिरामपुरमा कटहरिया खानेपानी सतही ढल आयोनाले मुख्य सडको साईडमा ढल ब्यवस्थापन गर्न नसकदा बर्षाको पानी सडकमै जमे पछि स्थानियहरुले गुनासो गरेका छन ।
बलिरामपुर देखि कटहरिया मेन रोडमा जोडने मुख्य सडको पश्चीमी साईडमा ढल निर्माणका काम समयमा नगर्दा बर्षाको पानी निस्कने ठाउ नहुदा सडकमै पानी जमे पछि स्थानियहरुले सोही बाटो भएर जान बाध्य भएको स्थानिय गगनदेव दास बानियाले बताउनु भयो ।
नाला निर्माण भएका ठाउहरुमा नालाको ढकन सलेब नराख्दा घरमा जान र निस्कन धेरैकठिनाई भएको स्थानियको दिनानाथ साह कलवारको गुनासो छ । ठेकदारको लपरवाहिले गर्दा स्थानियहरुलाई कठिनाई भएतापनि नगरपालिकाका जिमेवारहरु मुखदर्सक भएको स्थानियको भनाई रहेको छ ।
बर्षा भएको दुई तिन दिन बितिसक्दा पनि सडकमा जमेको पानिको निकास नहुदा दिन्हु सोही बाटो भएर आवत जावत गर्नु पर्ने बाध्यता भएको अर्का स्थानिय छोटेलाल गुप्ताले बताउनु भयो ।
कटहरिया खानेपानी सतही ढल आयोनाका ठेक्केदारको चरम लापरवाहीले गर्दा स्थानियहरु दिनहु समस्या भोगिनु परेको भन्दै समयमै संम्बन्धीत निकायले ध्यान दिनु पर्ने उनिहरुको भनाई रहेको छ ।