रौतहटमा मतदाता नामावली आवधिक गराउन नेताहरुको होडबाजी

रौतहट २९ भदौ

16 Push 077 final

ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा विभिन्न पार्टीका नेता तथा कार्यकताहरुको होडबाजी चलेको छ । निर्वाचन आयोगले मतदाता नामावली आवधिक गर्नका लागी फोटो खिचाउन खुल्ला गरेपछि अहिले रौतहटका १८ ओटै स्थानिय तहका विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुले आफ्नै पक्षका नागरिकहरुलाई ओसारपसार गर्नेहरुको होडबाजी नै चलेको छ । चन्द्रपुर नगरपालिकाका १० ओटै वडाका सर्वसाधरणहरुलाई आफ्नै ब्यक्तिगत खर्चबाट नै सवारी साधनहरु भाडामा लिइ आ—आफ्नै पक्षका नागरिकहरुलाई ओसारपसार गर्ने गरेका पाइएको छ । नेकपा एमाले , नेकपा माओवादी केन्द्र , नेपाली काग्रेस लगायतका दलका नेताहरु नै नामावली आवधिक गर्नेतर्फ होडबाजी गरेका हुन । बिहान ९ बजेबाट बेलुकासम्म नै लामबद्ध रुपमा निरन्तर फोटो खिचाउनेहरुको चाप उच्च रहेको नामावली संकलनकर्ता रमेश तिमल्सिनाले बताउनु भयो । सुनसान रहने इलाका प्रशासन कार्यालयमा अहिले बिहानैबाट नागरिकता बनाउने र नामावली आवधिक गर्नका लागी अत्याधिक सर्वसाधरणको भिड लाग्ने गरेका छन । नामावली आवधिक गराउनका लागी नेतृत्व गर्ने नेताहरु अगामी चुनावमा वडा अध्यक्षका आकांक्षीहरु आउने गरेका छन । ति नेता तथा कार्यकर्ताहरुले अग्रिम फारम माग गर्ने गरेको कर्मचारीले बताएका छन । प्रतिदिन १०० देखि १२० जनासम्मको नामावली आवधिक गर्ने गरेको कर्मचारीले बताउनु भएको छ । निर्वाचन आयोगले कार्तिक मसान्तसम्म नामावली आवधिक गर्ने समय तोकेको छ तर आफ्नो भोट अरुले तान्ने त्रासका कारण आफ्नो पक्षका सर्वसाधरणलाई सवारी साधन नै भाडामा लाने गरेको जनाइएको छ ।