सरस्वती पूजाको अवसरमा त्रिशक्ती इंगलिस बोडिङ्ग स्कुल कटहरियाका विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम संम्पन गरेका छ

सरस्वती पूजाको अवसरमा त्रिशक्ती इंगलिस बोडिङ्ग स्कुल कटहरियाका विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम संम्पन गरेका छन ।

कटहरिया नगरपालिका ५ कटहरियामा स्थित त्रिशक्ती इंगलिस बोडिङ्गले साँस्कृतिक कार्यक्रमको आयोजना गरेर सरस्वती पूजा भव्याताका साथ मनाएको छ ।

बोडिङ्ग स्कुलको प्रागंनमा भएको साँस्कृतिक कार्यक्रमको उदघाटन प्रमुख अथिती नेपाली कांग्रेसका जिल्ला सदस्य वाल्मीकि यादवले गर्नु भएको थियो ।

कार्यक्रमको बिशिष्ट अथिती नेपाल पत्रकार माहा संघका पुर्व जिल्ला अध्यक्ष प्रेम चन्द्र झा कटहरिया नगरपालिका वडा नमबर ५ का वडा अधयक्ष र्सफलाल प्रसाद गुप्ता कटहरिया म्युजिकल एफ एमका संचाल तथा प्रबन्ध निर्देशक प्रकाश श्रेष्ठ, एफ एमका तर्फबाट सागर संगम,करण कुमार मिश्र बालबालिकाहरुको अभिभावक र स्थानियहरुको बिषेश उपस्थीती रहेको थियो ।

कार्यक्रममा महिला हिंसा ,बालबिबाह ,कमेडियन,मनोरन्जनात्मक नाटक प्रस्तुत गरेका थिए । साँस्कृतिक कार्यक्रममा छोरालाई मात्र नभई छोरी संग पनि माया गर्नु पर्छ भने गितको माध्यमले प्रदर्शनी गरेका थिए । साथै बालबिवाह संम्बन्धी नाटक प्रस्तुत गरेका थिए ।

बालबिवाह संम्बन्धी गरेको त्यो नृत्यमा प्राय सबै महिला तथा पुरुषहरुको आखां रसाएका थियो ।
त्रिशक्ती इंगलिस बोडिङ्ग स्कुलका फाउण्डर प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम आयोजना गरिएको थियो ।

सांगितक कार्यक्रमको संचालक शिक्षक मेघनाथ यादव र षेख असलम सरले गर्नु भएको थियो ।सोकार्यक्र मा प्रिन्सिपल रौशन साह, अभिभावक मन्जु गिरि,अच्छेलाल साह, निजामोदिन अन्सारि , प्रमोद दास, लगायत व्यक्तिहरुको उपस्थित रहेको थियो ।
रौतहट लगायत मुलुकभर आज ज्ञानका भण्डार विद्याकी देवी सरस्वतीकोे विशेष पुजाआजा सहित धुमधामले श्रीपञ्चमी पुजा मनाउदै छन ।

आज सरस्वती पूजा श्रीपञ्चमी तथा वसन्त पञ्चमी । विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतिको पुजा आराधना गरी मनाइने विशेष दिन आज रौतहट पनि मनाइदै छ । विद्यालयहरुमा त आज विशेष रमझमका साथ मनाइने छ । तराईतिर आजको दिन रङ्गिन गुलिया रसिला बुनियाँको दाना, बयर तथा अन्य फलपूलहरू प्रसादीका रुपमा बाँडिन्छ ।

कतिपय विधालयमा विद्यार्थीहरुको सक्रियतामा शाहाकारी भोजनै आयोजना समेत गरिने गरिएको छ । विभिन्न रङ्ग रगिंन तोरणहरु झुण्ड्याएर, अशोकको रुखको पात या केराका दाम्चा अनि बाँसको प्रयोग गरेर बनाएको प्रवेश द्वारहरुबाट आज धेरै विधालयहरु सजि सजाउ भएका छन

error: Content is protected !!