गुजरा नगरपालिकाको निमित्त प्रमुख अधिकृतमाः विनोद जयसवाल

ःरौतहट जिल्लाको गुजरा नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा विनोद जयसवालले पदभार ग्रहण गरेका छन । विगत लामो समय देखि स्वास्थ्य संयोजकको रुपमा रहेका जयसवाल शुक्रबार नगरपालिकाको निमित्त प्रमुखको पदभार ग्रहण गरेका हो ।

निमित्त प्रमुखको पदभार ग्रहण गर्दै जयसवालले गुजरा नगरपालिकालाई जिल्लामा मात्र नभई राष्ट्रमा नमुना नगरको रुपमा चिनाउने गरि काम कार्वाही गर्ने बताएका छन्, त्यसका लागि नगरका सम्पूर्ण जनप्रतिनिधी, कर्मचारी तथा नगरबासीलाई सहयोगका लागि आग्रह गरेका छन् । साथै गुजरा नगरपालिकाको कार्यालयबाट हुने काम कर्तव्यहरु जनता प्रति उत्तरदायित्व भएर संचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

सो अवसरमा नगरप्रमुख सन्तलाल चौधरीले पदभार ग्रहण गरेका नव निमित्त प्रमुख जयसवालका लागि गुजरा नगरपालिका नौलो नभएकोले जनता र कर्मचारीको मन जितेर काम गर्नु हुने कुरामा आफू विश्वस्त रहेको जनाएका छन् । जयसवालको पदभार ग्रहण कार्यक्रमसँगै अवकास प्राप्त तत्कालिन निमित्त प्रमुख नन्देश्वर चौधरीलाई नगर प्रमुख चौधरीले सम्मान पूर्वक विदाई समेत गरेका छन् ।

error: Content is protected !!