लक्ष्मीपुरमा जनता आवास कार्यक्रमका २५ घरको शिलान्यास
रौतहटको गुजरा नगरपालिकामा पनि गरिव दलित परिवारका २५ जनाले पक्कि घर पाउने भएका छन । गुजरा नगरपालिकाको वडा नम्बर ५ स्थित लक्ष्मिपुरमा बुधबार एक कार्यक्रमकाबिच प्रदेश सांसद बाबुलाल यादव र गसजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल प्रसाद चौधरीले संयुक्त रुपमा शिलान्यास गर्नु भएको छ ।
जनता आवास कार्यक्रम अन्र्तगत प्रति घर ३ लाख ५० हजारका दरले लक्ष्मिपुरमा २५ घर बन्ने भएको सांसद यादवले बताउनु भयो । शिलान्यास गरिएको घरहरु २ महिलाभित्र निर्माण गरिसक्ने विनोद माझीले बताउनु भयो ।
शिलान्यास कार्यक्रममा नगर प्रमुख सन्तलाल प्रसाद चौधरी , उपप्रमुख रोशन खातुन शेष , प्रदेश सांसद बाबुलाल यादव , मुसहर संघका नथुनी माझी , विनोद माझी , अनुष माझी लगायत स्थानियको बाक्लो सहभागीता रहेको थियो ।