सिमा नाकाबाट एक युवतिको उद्धार

रौतहटको सिमा नाकाबाट एक युवतिको उद्धार गरीएको छ । गत हप्ता हेटौडाको एक होटलमा काम गर्दै आइरहेकी अन्दाजि १६÷१७ बर्षकी दोलखा घर बताउने निर्मला तामाङलाई रौतहटको इशनाथ नगरपालिकाको वडा नं.५ स्थित नेपाल भारत सिमा नजिकबाट  प्रहरीले फेला पारेको हो ।

तामाङले आफनो घर दोलखाको कुन पालिकामा हो थाहा नभएको तर वडा नं. ४ बोझ भन्ने गाउ रहेको बताएकी छिन् ।त्यसैगरी पिडित बालिकाले आप्mनो बुवाको नाम पासबिर तामाङ बताएपछि जिल्ला प्रहरी कार्यलय रौतहटले सोहि बमोजिम अभिभाबकलाई खोजतलास गर्दा कोहि पनि संपर्कमा नआएपछि मेचिमहाकालि बुहारी सयुक्त आवाज २ नं. प्रदेश  कार्यलय चन्द्रनिगाहपुरमा सुरक्षित साथ राख्न जिम्मा दिइएको  प्रहरी निरीक्षक सुशिल कुमार पाण्डेले बताउनुभयो ।

पिडीतलाई सुरक्षासाथ रोजगारको समेत व्यवस्था गरी मानब सेवा आश्रम हेटौडाको रोहबरमा राखिन मेचिमहाकालि बुहारी सयुक्त आवाज २ नं. प्रदेशका संयोजक पुजा पाठक तिमल्सिनाले बताउनुभयो । 

error: Content is protected !!