रौतहटको राजदेवीमा १५ सैयाको अस्पताल सञ्चालनमा आउने भएको छ।

रौतहटको राजदेवीमा १५ सैयाको अस्पताल सञ्चालनमा आउने भएको छ। राजदेवी नगरपालिका वडा नम्बर ३ को चण्डियामा नगरपालिकाको आर्थिक सहयोगमा १५ सैयाको अस्पताल सञ्चालनमा आउने भएको हो । अस्पतालको लागी दुई तल्ले भवन निर्माणको कार्य तथा विरामीहरुका लागि आवश्यक आधुनिक उपकरणहरु नगरपालिकाले व्यवस्था मिलाइ सकेको नगरपालिकाले जनाएको छ ।

सोही अस्पतालका लागी दक्ष एवं अनुभवी डाक्टर, नर्स, स्वमसेविका, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, रेडियो ग्राफर, अनमी, कम्पाउण्ड, कार्यालय सहयोगी, स्वीपर गरि २५ जना कर्मचारीहरुको लागि बोलपत्र समेत आह्वान गरिसकेको नगरपालिकाले जनाएको छ । प्रक्रिया अनुसारकर्मचारी छनौट गरि अस्पताललाई सञ्चालनमा ल्याउने नगर प्रमुख धिरेन्द्र सिंहले बताउनु भयो ।

नेपाल सरकारले ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पु–याउने उद्देश्यका साथ अस्पताल नभएका ३ सय ९६ वटा स्थानीय तहमा मंसिर १५ गते एकैपटक अस्पतालको शिलान्यास गरेको थियो । त्यसै अन्तर्गत राजदेवी नगरपालिकाको वडा ५ पताहीमा उक्तको अस्पतालको शिलान्यास भइ सकेको छ ।

अस्पताल निर्माणको लागी नगरपालिकाबाट चैत ५ गते टेन्डर आह्वान गरिएको छ । संघीय सरकारको मातहतमा रही निर्माण भैइरहेको अस्पतालबाट नागरिकहरुले चाडैं सेवा लिने पाउने विश्वास व्यक्त गरेका छन । नागरिकलाई सेवा दिने सवालमा अहिलेको सरकारले गरेको प्रयास देखेर विपक्षीहरु आत्तिएकोे भन्दै आफूहरु जनसेवामा सधैँ एक कदम अघि रहेको मेयर सिंहले दाबी गरे ।

यस्तै नगरपालिकाका नगरप्रमुख धिरेन्द्र कुमार सिंहले आफ्नो नगरपालिकामा सञ्चालन हुने अस्पताल नाम मात्रैको नभई गुणस्तरीय स्वास्थ्य सेवासहितको हुने दाबी गरे । नागरिकको स्वास्थ्यप्रति स्थानीय सरकार गम्भीर भएकाले छिटो अस्पताल निर्माणको लागि संघीय सरकार र प्रदेश सरकारसंग आवश्यक पहल गरि समयमा नै बन्नेमा विश्वास लिइएको बताइएको छ ।

error: Content is protected !!