सालको ५ थान काचो गोलिया काठसहित ५ ओटा साइकल बरामत

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले शनिबार राती १ बजे चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ राजपेडाको भित्र पट्टी गोरेटो सडक हुदै साइकलमा लोड गरि ल्याउदै गरेको काचो सालका गोलिया ५ थानसहित ५ ओटा साइकल बरामत गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपि लिलाराज लामिछानेले बताउनु भयो ।

प्रहरी गस्ति टोलीलाई देख्ने वितिकै तस्करहरु १५÷२० जना साइकल छाडी फरार भएकाले तस्कर गर्नेहरु भने भाग्न सफल भएको प्रहरीले जनाएको छ । राती नै जिल्ला डिभिजन वन कार्यालय रौतहटलाई बरामत गरिएको ५ ओटा साइकलसहित काचो सालको गोलिया बुझाइएको डिएसपि लामिछानेले बताउनु भयो ।

 बरामत काठ ३१ं.५ क्यु फुट रहेको र आवश्यक कारवाहीका लागी अनुसन्धान अगाडी बढाइएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख विनोद सिहले गुञ्जन एफएमलाई बताउनु भयो