रौतहटको गैडाटारमा आगलागी हुदा ३ लाखको क्षति

 रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारको उत्तरी पहाडी फेदीमा रहेको कमान बज्यु तामाङको घरमा शनिबार दिउसो ३ बजे अचानक गोठमा आगो सल्किएपछि बज्युको घर पनि हेर्दा हेर्दै खरानीमा परिणत भएको छ ।

उहाको घरमा भएको अन्नपात , लताकपडा केही पनि निकाल्न नपाएका बज्युले बताउनु भयो । आफ्नो घरमा भएको कोदो ,मकै चामल , २० वाटको सोलार बत्ति , लगायत गोठ र घर पनि जलेर  नष्ट भएको हो ।

घरमा आगलागी भएर घर न घाटमा परेका बज्युलाई शनिबार नै तत्कालका लागी चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ को वडा कार्यालयको समन्वयनमा स्थानिय गैडाटार युवा विकास केन्द्रले २ बोरा चामल , नुन m तेल , मसला , तरकारी , दाल लगायतका खाद्यान्न वितरण गरेको संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले बताउनु भयो ।

शनिबारको रात छरछिमेकको सहारामा बिताउन र आइतबार केही लताकपडाको समेत ब्यबस्था गरिदिने प्रतिबद्धता वडा अध्यक्ष बोधनाथ देवकोटाले गर्नु भएको पिडित कमान बज्युले बताउनु भयो ।