साइबर अपराध न्यूनीकरण सम्बन्धि २ दिने तालिम सम्पन्न

चन्द्रपुर नगरपालिका वडा नम्बर ७ को सहयोग र जनसरोकार मिडिया प्रालीको आयोजनामा २ दिने सो तालिम सम्पन्न भएको हो । बनबहुअरीको कालिका माध्यमिक विद्यालयमा अध्यनरत कक्षा ७,८,९ र १० का विद्यार्थीलाई तालिम दिइएको हो ।

तालिममा चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष विष्णु प्रसाद उप्रेतीले विद्यार्थीलाई साइबर अपराध अत्यन्तै गहन विषय भएकोले गम्भीरताका साथ ज्ञान लिनु पर्नेमा विद्यार्थीलाई आग्रह गर्नु भएको थियो ।

साइबर अपराध न्यूनीकरण सम्बन्धि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटका प्रहरी निरीक्षक चन्द्रभुषण गादब र पत्रकार ओमकिशोर चौधरीले प्रशिक्षण दिनु भएको थियो । सामाजिक संजालको सदुपयोग कसरी गर्ने ,प्रविधिका फाइदा र बेफाइदाका बारेमा पनि विद्यार्थीहरुलाई प्रशिक्षण दिनु भएको थियो ।

चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले सामाजीक सञ्जालको पहुंच सबैमा पुगेकाले विद्यार्थी भाईबहिनिहरुले यसको प्रयोगमा चनाखो हुनुपर्ने बताउनु भयो । नगर प्रमुख चौधरीले साईबर अपराध बढ्दै गहिरहेको हालको परिस्थतीका कारण रोकथामका लागी बुझेर अरुलाई समेत सचेत गराउनु पर्ने धारणा राख्नु भएको थियो ।

वडा अध्यक्ष विष्णुप्रसाद उप्रेती,नगरप्रमुख रामचन्द्र चौधरी,इलाका प्रहरी कार्यालयका प्रनि चन्द्रभुषण यादब,प्रधानाध्यापक राजेश शर्मा खनाल र अन्य शिक्षक÷शिक्षिका लगायत विद्यालयका विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।